काठमाडौँ – तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग ९रुपन्देही० र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम् देखिएको हो ।
अधिकतम् पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन।
विभागले म्याग्नेसियम बढी भएका सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचार समेत गरेको छ। कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ।
प्रतिक्रिया