प्रहरी कार्यालयबाट ९ जना थुनुवा फरार

प्रहरी कार्यालयबाट ९ जना थुनुवा फरार


काठमाण्डु-जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा फरार भएका छन् ।

आज बिहान थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार थुनुवा कक्षको भेन्टिलेशन फोडेर ९ जना भागेका छन् । भागेका मध्ये एक जना जनकपुरको जनक चोकमा पक्राउ परेका छन् । बाँकी ८ जना भने अझै फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।