बिहिबार बस्ने गरी नेकपाको सचिवालय बैठक स्थगित

बिहिबार बस्ने गरी नेकपाको सचिवालय बैठक स्थगित


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको छ। ३ बजे बस्ने भनिएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो। नेताहरुको व्यवस्ता भनिएपनि प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको स्रोतको दावी छ ।

बैठकमा प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया टुंगाउने गरी महासचिवले मापदण्ड पेस गर्ने बताइएको थियो। प्रदेश कमिटीको पूर्णता तथा जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रियाले अन्तिम रुप पाउन नसक्दा एकता प्रक्रियामा गतिरोध उत्पन्न भएको छ। बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ ।

यसअघि सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोके पनि कमिटीले पूर्णता पाउन बाँकी छ । कार्यदलको सिफारिसका आधारमा प्रदेश कमिटीहरुले पेश गरेका नामलाई सचिवालयमा पेश गरिनेछ ।