धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल बन्द

धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल बन्द


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि एक घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले भने, ‘खाल्डो पुर्ने गर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले एक घण्टा सबै उडान अवतरण रोकेका छौं ।’

झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।

अहिले अन्तर्राष्ट्रिय र आन्तरिक विमानहरू होल्डमा रहेका छन् ।