बाक्लो कुहिरोले त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित,यस्तो छ तीन दिनको मौसमको अवस्था

बाक्लो कुहिरोले त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित,यस्तो छ तीन दिनको मौसमको अवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– त्रिभुवन विमानस्थलबाट हुने बाह्य र आन्तरीक उडान रोकिएको छ । त्रिभुवन विमानस्थल कार्यालयले काठमाडौंमा बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको जनाएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले शनिवारदेखी पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने बताएकी छन् । उनले शनिबारदेखी मौसम खुल्दै जाने समेत जानकारी दिईन ।

 

यस्तो छ तीन दिनको मौसमको अवस्था

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०४, विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईहेको छ।

मौसमको अवस्था )Present Weather Status):

देशभर आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी  तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

 

माघ ५ गते (आइतबार) 
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

 

रातीः   देशभर सामान्यतया सफा देखि आंशिक बदली भई  पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

 

 

माघ ६ गते (सोमबार) 
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

 

रातीः   देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै  केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।