काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ ।
चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।
चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो । समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।
भूकम्पको धक्का नेपाल, भारत तथा भुटानमा समेत महसुस भएको थियो ।
प्रतिक्रिया