टिका भुल जिसस कैलाली प्रमुखमा कांग्रेसबाट उम्मेदवार घोषणा

टिका भुल जिसस कैलाली प्रमुखमा कांग्रेसबाट उम्मेदवार घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

१६ मंसिरमा हुन लागेको उपनिर्वाचनमा भुलललाई उम्मेदवार बनाउने निर्णय कांग्रेस जिल्ला कार्यसमितिको बैठकले गरेको जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिए ।

प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएकी भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी थिइन् । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।