काठमाण्डु – जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस उम्मेदवार भुल निर्विरोध निर्वाचित भएकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
बुधबार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेकोमा नागरिक उन्मुक्तिकी थारूले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारू, कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी भएकी भुलले एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २३ पुस २०७९ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको थियो ।
प्रतिक्रिया