टीकापुर हत्याकाण्डका योजनाकार सांसद रेशम चौधरी पुर्पक्षका लागि थुनामा

टीकापुर हत्याकाण्डका योजनाकार सांसद रेशम चौधरी पुर्पक्षका लागि थुनामा


काठमाडौं- टीकापुर घटनाका आरोपित  कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन जिल्ला अदालत कैलालीले आदेश दिएको छ ।

न्यायधिश पर्शुराम भट्टराईको एकल ईजलासले चौधरीलाई थुनामा राखेर कारबाही प्रकृया अगाडि बढाउन आदेश दिएको हो । चौधरीले आज बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।

आज बिहानै आत्मसमर्पण गरेका चौधरीको मुद्दामाथि दिनभर बहस भएको थियो ।

सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी, सहायक जिल्ला न्यायधिवक्ता भानदेव जोशी, सहायक न्यायधिवक्ता नविन भट्ट र बरिष्ठ अधिवक्ता राजेन्द्र साँउदले बहस गरेका थिए ।

२०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।  उनी टिकापुर हत्याकाण्डका मूख्य योजनाकारको रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’को सूचीमा थिए ।

कैलाली क्षेत्र नम्बर १ मा वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका चौधरी भारी मतले बिजयी भएका थिए ।