डिल्लीबजार कारागारबाट भागेका ‘टीके डाका’ माथि प्रहरीकाे गाेली

डिल्लीबजार कारागारबाट भागेका ‘टीके डाका’ माथि प्रहरीकाे गाेली


काठमाडौं– काठमाडौंस्थित डिल्लीबजार जेलबाट भागेका टीका थापामगर ‘टीके डाका’ माथि प्रहरीले गाेली चलाएकाे छ।

 

उपत्यकामा भएका शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका गत माघ ४ गते मध्यराति डिल्लीबजार स्थित गोलघरबाट भागेका थिए।

 

उनीमाथि प्रहरीले शनिबार चितवनको रामनगरमा गाेली प्रहार गरेकाे छ। गाेली प्रहारबाट गम्भीर घाइते भएका टीकालार्इ उपचारका लागि काठमाडाैं ल्याइएकाे छ। यसअघि प्रहरीले उनी मारिएकाे जनाएपनि अस्पताल पुर्याउँदा जीवीतै रहेकाे खुलेकाे हाे।

 

पक्राउ गर्न गएको प्रहरी टोलीलाई उनले गोली हानेपछि जवाफी फायर गरिएकाे महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

 

 

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनलाई २ वर्षअघि महाशाखाले नै पक्राउ गरेको थियो।