काठमाण्डु – शुक्रवार काठमाण्डुको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये ४१ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । उनीहलाई पक्राउ गरी आइतबार ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
जिल्ला अदालत काठमाण्डुले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।





प्रतिक्रिया