तीनकुने प्रदर्शनमा सहभागी शाही युवा शक्तिका उपाध्यक्ष पक्राउ

तीनकुने प्रदर्शनमा सहभागी शाही युवा शक्तिका उपाध्यक्ष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले बताए ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन् ।