गृहमन्त्रीकाे एक्सन, काठमाडौंमा दिउँसाे टिपर चलाउन राेक

गृहमन्त्रीकाे एक्सन, काठमाडौंमा दिउँसाे टिपर चलाउन राेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा दिउँसोको समयमा टिपर चलाउन रोक लगाएको छ।

टिपर दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा राति ८ बजेदेखि बिहान ५ बजे बाहेकको समयमा टिपर चलाउन रोक लगाएको हो।

गृहमन्त्रालयका प्रवक्ता रामकुृष्ण सुुवेदीका अनुसार उक्त नियम साउन १ गतेदेखि लागूू हुनेछ। त्यसका लागि गृहले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिइसकेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिपरले निम्त्याएका थिए ।