रूस-युक्रेन युद्धमा परेर पूर्व वडाध्यक्ष बुढाथोकीको मृत्यु

रूस-युक्रेन युद्धमा परेर पूर्व वडाध्यक्ष बुढाथोकीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रूस-युक्रेन युद्धमा रोल्पाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ। रोल्पाको सुनछहरी गाउँलिका-५ जैमाकसलाका ४४ वर्षीय बुढाथोकीको मृत्यु भएको हो।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट सुनछहरी-५ मा वडाध्यक्ष निर्वाचित भएका तीर्खबहादुर अघिल्लो सालको असोजमा रूस गएका थिए ।

फागुनयता परिवारको सम्पर्क नरहेका उनको मृत्यु भएको भन्ने खबर रूसी सैनिकमा कार्यरत एक जना नेपालीले गरिदिएको पारिवारिक स्रोतले जनाएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए ।

सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो ।

तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन्। मृत्यु भएको यकिन मितिसमेत थाहा भएको छैन भने पारिवारले सोमबार बाटै कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेर काजकिरिया सुरु गरेका छन् ।