टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै


काठमाण्डु – जापानमा जारी टोकियो ओलम्पिक–२०२० अन्तर्गत पौडीकी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुने प्रतिस्पर्धामा उनले १ सय मिटर फ्रिस्टाइलको पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन् ।

उनी रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन् । यो स्पर्धामा सात वटा हिट हुनेछन् । समग्रमा ५२ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता गौरिकाले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेकी छिन् ।यसअघि उनले सागमा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कीर्तिमान राखेकी थिइन् ।

टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन् । जारी ओलम्पिकको शीर्ष १६ भित्र पर्न गौरिकाले कम्तिमा ५४ सेकेन्डको टाइमिङ निकाल्नु पर्ने हुन्छ ।