टोकियो ओलम्पिक : गौरिकाले राखिन राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : गौरिकाले राखिन राष्ट्रिय कीर्तिमान


काठमाण्डु – जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधवार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १०० मिटर फ्री स्टाइलमा उनले १ घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा ४ जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् । यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।