टोकियो ओलम्पिकबाट बाहिरिइन ओशाका

टोकियो ओलम्पिकबाट बाहिरिइन ओशाका


एजेन्सी – जापानी सुपरस्टार नाओमी ओशाका टोकियो ओलम्पिकको टेनिसको महिला प्रतियोगिताबाट बाहिरिएकी छन् ।

जापानमा जारी टोकियो ओलम्पिकको टेनिसको महिला एकल स्पर्धाको तेस्रो चरणबाटै बाहिरिएकी हुन् । उनी चेक गणतन्त्रकी मार्केता भोन्ड्रोउसोभासँग ६–१ र ६–४ को सेटमा पराजित भएकी छन् ।

३२ औं ग्रीष्मकालीन ओलम्पिकको तेस्रो दिन अरियके टेनिस पार्कको सेन्टर कोर्टमा उत्रिएकी ओसाकाले स्विट्जरल्यान्डकी भिक्टोरिया गुलुबिचलाई ६–३, ६–२ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेकी थिइन् ।