टोकियो ओलम्पिकमा दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः व्यवस्थापक विहिन

टोकियो ओलम्पिकमा दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः व्यवस्थापक विहिन


काठमाण्डु – जापानमा जारी टोकियो ओलम्पिकमा एथलेटिक्स टोली व्यवस्थापक विहिन बनेको छ । एथलेटिक्स व्यवस्थापकको जिम्मेवारी पाएका पिताम्बर तिम्सिना र शिव कोइरालाले व्यक्तिगत कारण देखाउदै ओलम्पिकमा नजाने बताएपछि एथलेटिक्स टोली व्यवस्थापक बिहिन बनेको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिकको जिम्मेवारी तोकेका राखेप उपाध्यक्ष कोइरालाले यसअघि प्रेस विज्ञप्ती जारी गरेर व्यक्तिगत कारण देखाउँदै टोकियो ओलम्पिक नजाने बताएका थिए । एनओसीका सह महासचिव समेत रहेका तिम्सिनाले पनि आज सामाजिक सञ्जालमार्फत आफु ओलम्पिकमा नजानेबारे जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘विविध कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको जानकारी गराउन चाहन्छु ।’ एक समय दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको छ ।

एउटा खेलको पदाधिकारी फरक खेलको व्यवस्थापक बनेर ओलम्पिकमा सहभागी भएका कारण यसै पनि आलोचना भइरहेको थियो ।तिम्सिना नेपाल एथलेटिक्स संघको प्रतिनिधित्व गर्दै एनओसीको सह महासचिवमा निर्वाचित भएका थिए ।