दिनमा ३ पटक दात माझ्नुहोस्, हुँदैन मुटुको बिमारी

दिनमा ३ पटक दात माझ्नुहोस्, हुँदैन मुटुको बिमारी


एजेन्सी – यदी तपाई आफ्नो दातको साफ–सफाईमा विशेष ध्यान दिनु हुन्छ भने तपाईका लागि राम्रो समाचार छ । तर यदी तपाई दात सफा गर्नु हुँदैन भने यो समाचार पढेपछि आफ्नो बानीमा सुधार गर्नु आवश्यक छ ।

एक अध्ययनका अनुसार दाँतलाई पटक–पटक ब्रस गर्नाले एट्रियल फाइब्रिलेशन तथा हर्ट फेलिएरको जोखिम कम हुन्छ । शोधका अनुसार दिनमा तीन वा यो भन्दा बढी ब्रस गर्नाले एट्रियल फाइब्रिलेशनको जोखिम १० प्रतिशत तथा हर्ट फेलियरको जोखिम १२ प्रतिशत सम्म कम हुन्छ ।

यो अध्ययन युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित भएको हो । यो अध्ययनमा कोरियाली राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा आबद्ध ४० देखि ७९ वर्ष उमेरका १ लाख ६१ हजार २८६ व्यक्तिलाई सहभागी गराइएको थियो । दक्षिण कोरियामा एवा महिला विश्वविद्यालयका लेखक ते–जिन सोङले भनेका छन्, ‘हामीले दक्षिण कोरियामा एक ठूलो समूहको अध्ययन ग¥यौ, जसले हाम्रो निश्कर्षलाई मजबुत आधार दिएको छ ।’

पछिल्लो शोधले भनेको छ कि खराब मौखिक स्वच्छता (ओरल हाइजिन)बाट रगतमा ब्याक्टेरिया जाने देखाएको उनले बताए । जसका कारण शरीर सुन्निने हुन्छ । यसका कारण आर्टियल फिब्रिेलेशन (अनियमित मुटुको धड्कन) तथा ह्दयघातका जोखिम बढ्न जान्छ । यो अध्ययनमा मौखिक स्वच्छता तथा यी दुई घटनाबीचको सम्बन्ध जाँचिएको थियो ।

२००३ तथा २००४ बीचको समयमा सहभागीले नियमित चिकित्सा जाँच गरेको उनले बताए । यस अवधिमा उनीहरुको उचाई, वजन, बिमारी, जीवन शैली, मौखिक स्वास्थ्य तथा मौखिक स्वच्छताको व्यवहारमा जानकारी संकलन गरिएको थियो । साढे १० वर्षको अवधिमा ४ हजार ९११ (३.० प्रतिशत) सहभागीलाई आर्टिएल फिब्रिलेशन तथा ७ हजार ९७१ (४.९ प्रतिशत) लाई ह्दयघातका समस्या भएको थियो । लगातार ब्रस गर्नाले दात तथा गिजाबीच रहने ब्याक्टेरिया कम हुने शोधकर्ताले बताएका छन् ।