काठमाण्डु- काठमाडौंको वसन्तपुरमा र्राष्ट्रिय पोशाक र टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालले यो दिवस मनाएको हो ।
‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर दिवस मनाइएको हो ।
अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले दिवस आयोजना गरिएको बताए ।
दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।
प्रतिक्रिया