पर्यटन बोर्डको कार्यकारी सदस्यमा धमला र पौडेल नियुक्त

पर्यटन बोर्डको कार्यकारी सदस्यमा धमला र पौडेल नियुक्त


काठमाडौं–नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन् ।  

नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धादिङकी धमला र पोखराका पौडेललाई सदस्यमा नियुक्त गरेको जनाएको छ । विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन् ।   

त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन्