काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गुपकाे चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्ताे बताएका हुन् ।
आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे । उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए ।
सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे ।
शिखरपोष्ट मिडिया ग्रुप अध्यक्ष प्रकाश खालिङले आर्थिक समृद्धिका लागि मुलुकमै लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री बस्नेतले शिखरपोष्ट मिडिया ग्रुपकाे अर्को संस्करण शिखर अनलाइन टेलिभिजनको औपचारिक शुभारम्भ गरे।
कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया