काठमाण्डु-राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्नु पर्ने बताएकी छिन् ।
सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले आयोजना गरेको दौड प्रतियोगितामा बोल्दै उपाध्यक्ष घिमिरेले युवाहरूले सकारात्मक र रचनात्मक काम मार्फत इतिहास बनाउन आग्रह गरिन् ।
उपाध्यक्ष घिमिरे लामो समयको संघर्षपछि आएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भएपनि खराबीहरूलाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन युवाहरूले योगदान गर्नुपर्ने बताइन् ।
मायादेवी फाउण्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता थियो । उपाध्यक्ष घिमिरेले दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने पहिलो समूहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार पुरस्कार पनि वितरण गरिन् ।
प्रतिक्रिया