ट्राफिक प्रहरीको ‘चालक सम्मान’ कार्यक्रम सुरु (तस्वीर)

ट्राफिक प्रहरीको ‘चालक सम्मान’ कार्यक्रम सुरु (तस्वीर)


काठमाडौं – ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा चालकलाई सम्मान गर्दै आइजीपी खनालले नयाँ बसपार्कबाट यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेका हुन् ।

ट्राफिक नियमको पालना, सुरक्षित सवारी लगायतका विविध उद्धेश्य सहित उक्त कार्यक्रम आज देशभरका विभिन्न स्थानमा समेत आयोजना गरिएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, यातायात व्यवसायसँग सम्बद्ध तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु, कलाकारहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाज, ट्राफिक स्वयंसेवकहरु र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दसैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गरेको बताए ।