बाँके – ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय पुरस्कृत भएका छन् । बाँके जिल्ला ट्राफिक ब्यबस्थापनका लागी उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालयले निरीक्षक रोकायलाई पुरस्कृत गरेको हो । राेकायसँगै उत्कृष्ट कार्य गर्ने एक दर्जन कर्मचारीहरु पुरस्कृत भएका छन् ।
निरीक्षक रोकायले आफ्नो एक बर्षको कार्यकालमा नेपालगन्ज उपमहानगर भित्र हर्न निषेध लगायत राजमार्ग सुरक्षाका लागी महत्वपूर्ण समेत कार्य गरेका छन् । उनले ९० लाख रुपैया बराबर बाँकेबाट मात्रै राजस्व संकलन गरिसकेका छन् ।
त्यस्तै बाँके ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले समेत उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन् । पौडेल ट्राफिक ब्यबस्थापन गर्न अब्बल मानिन्छन् । उनले बाँकेमा ट्राफिकका लागि सर्हा्निय कार्य गरिसकेका छन् ।
निरीक्षक रोकाय र नायब निरीक्षक पौडेलले बाँके जिल्लामा ट्राफिक ब्यबस्थापन, भिआइपी र भिभीआइपीको सवारीमा उत्कृष्ट ट्राफिक ब्यबस्थापन लगायतका कार्य समेत गरेका छन् ।
निरीक्षक रोकायलाई १३०० र नायब निरीक्षक पौडेललाई प्रदेश नम्बर ५ ट्राफिक कार्यालय बुटवलले जनही १२०० रुपैयाँले पुरस्कृत गरेको हो। अन्य पुरस्कृत हुनेमा रुपन्देहीका ट्राफिक प्रहरी प्रमुख लगायत एक दर्जन जिल्लाका सकल दर्जाहरु रहेका छन्
प्रतिक्रिया