चौथो शिखर सम्मेलनका लागि भदौ १३, १४ र १५ गते उपत्यकामा जोरविजोर प्रणाली लागू हुने !

चौथो शिखर सम्मेलनका लागि भदौ १३, १४ र १५ गते उपत्यकामा जोरविजोर प्रणाली लागू हुने !


काठमाडौं -आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । १४ गते भने जोर नम्बरमा गुड्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९ )भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८ ) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।