काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा जडान गरिने ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सडक विभागले तयार गरेको छ । काठमाडौंका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि विभागले डीपीआर तयार गरेको हो ।
उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट रहे पनि हाल भक्तपुरका १० स्थानका ट्राफिक लाइटमात्र चालु अवस्थामा छन् ।गत चैतमा सडक विभागले करिब २० लाखमा नयाँ बानेश्वर र महाराजगञ्जमा नेपाली इन्जिनियरहरुले निर्माण गरेको ट्राफिक लाइट जडान गरेको थियो ।
उक्त दुई स्थानका लाइटको गुणस्तर र कार्यशक्ति अध्ययन गरेर थप १४ स्थानमा ट्राफिक लाइटको डीपीआर तयार गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमले बताए ।
नेपाली इन्जिनियरले काठमाडौंमै निर्माण गर्ने उक्त ट्राफिक लाइटको जडानका लागि कुल खर्च एक स्थान बराबर ६ देखि १२ लाख रुपैयाँसम्म लाग्ने विभागको अनुमान छ ।
प्रतिक्रिया