सय किलोमिटर दौड १२ घण्टा एक मिनेटमा पूरा गर्दै स्वर्ण जिते नेपाली सेनाका धावकले

सय किलोमिटर दौड १२ घण्टा एक मिनेटमा पूरा गर्दै स्वर्ण जिते नेपाली सेनाका धावकले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–हङकङमा आयोजित एक सय किलोमिटर दौडमा नेपाली सेनाका चार जना धावकहरूले स्वर्ण पदक हात पारेका छन्।

 

 

 

अक्सफाम ईन्टरनेश्नलको आयोजनामा भएको ‘ट्राक्ष्ल रेस’ नामक एक सय किलोमिटर दौडमा नेपाली सेनाका जमदार पूर्णकुमार तामाङ नेतृत्वको टीमले स्वर्ण पदक हात पारेको हो।

 

 

त्रिभुवन आर्मी क्लबका चार जना अल्ट्रा धावकहरूले एक सय किलोमिटर दौड १२ घण्टा एक मिनेटमा पूरा गरेका थिए।

 

 

 

हङकङको निकै प्रख्यात मानिने ‘ट्राइल रेस’ मा विभिन्न देशका पाँच हजार धावकको सहभागिता रहेको थियो।

 

 

 

सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका जमदार तामाङसहित सुवेदार समिर तामाङ, जमदार तीर्थ तामाङ र जमदार वेद सुनुवारले सहभागिता जनाएका थिए ।