टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको छ : मुख्य सचेतक बर्ताैला

टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको छ : मुख्य सचेतक बर्ताैला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने गरी संसद्मा छलफलमा रहेको टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले टीआरसी विधेयक पीडितमैत्री हुनुपर्छ भनेर भएको मागलाई सम्बोधन गरिएको बताए ।

‘विधेयक पीडितलाई केन्द्रमा राखेरै अगाडि बढेको देखिन्छ । एकातिर पीडितलाई केन्द्रमा राखेको छ, सँगसँगै अन्तर्राष्ट्रिय मानवीय कानून र सर्वाेच्च अदालतको आदेशलाई पनि नजिरका रूपमा सम्बोधन गरेर अगाडि बढेको देखिन्छ ।’

नेपालको मानव अधिकार आयोगले लिखित रूपमै संसद्को ध्यानाकर्षण गरेको विषय, पीडितहरूले पटक–पटक भेटेर विभिन्न माध्यमबाट पनि सम्बोधन गर्न आग्रह गरेका कुरा विधेयकमा सम्बोधन भएका उनले बताए ।