त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द


काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।

नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले यसअघि जारी सूचनामा असहमति जारी गरेपछि बिरोध रहदै आएको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा उक्त सुचना रद्द गरिएको हो ।

पहिलो पटक विश्वबिधालयले खुल्ला प्रतिस्पर्धावाट उपकुलपति चयन गर्दैछ। अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।