त्रिभुवन विश्वविद्यालय सभा स्थगित

त्रिभुवन विश्वविद्यालय सभा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।

यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्री दाहालले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।