काठमाण्डु – अध्यक्ष हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालले विभिन्न राजनीतिक दलहरूलाई सहकार्यमा आउन आह्वान गरेको छ ।
सोमबार प्रेस विज्ञप्तिमार्फत त्रिपाठीले लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतलाई सहकार्यको प्रस्ताव गरेका छन् ।
सहर्कायलाई मूर्तरूप दिन जनता प्रगतिशील पार्टीको तर्फबाट शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वार्ता टोलीमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन पनि छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्य बढ्दो छ । वस्तुतः यस अवस्थाप्रति चिन्तित हुने राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी नेपालको ठहर छ ।’
प्रतिक्रिया