माथिल्लो त्रिशुली ‘ए’ जलविद्युतको पीपीएमा हस्ताक्षर

माथिल्लो त्रिशुली ‘ए’ जलविद्युतको पीपीएमा हस्ताक्षर


काठमाडौं– २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ‘ए’ को विद्युत खरिद बिक्री सम्झौता पीपीएमा हस्ताक्षर भएको छ।

 

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो इ सकले हस्ताक्षर गरेका हुन्।

 

नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ छ।

 

निर्माण अक्टोबरबाट सुरु गरी पाँच वर्षभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।