मालबाहक ट्रक एकआपसमा ठेक्किँदा आगलागी

मालबाहक ट्रक एकआपसमा ठेक्किँदा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवट ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा आइतबार विहान ६ बजे पूर्वतर्फ गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बरको ट्रक बिपरीत दिशाबाट आइरहेको ना६ख ३४६३ नम्बरको ट्रकसंग ठोक्किएको हो ।

ट्रक ठोक्किनासाथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेको छ भने दुबै ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते चालक र सहचालकलाई उपचारका लागि जनकपुरधाम लगिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ । अहिले धनुषा प्रहरी र वारुण यन्त्रको प्रयोग गरी आगो निभाउने काम जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।