ट्रम्प–किमजङ शिखर वार्ताको नेपालले यसरी गर्यो स्वागत

ट्रम्प–किमजङ शिखर वार्ताको नेपालले यसरी गर्यो स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका सर्वाेच्च नेता किमजङ उनबीचको शिखर वार्ताको स्वागत गरेको छ।

उनीहरुबीच मंगलबार बिहान सिंगापुरमा भएको शिखर वार्ता त्यसपछि जारी भएको संयुक्त वक्तव्यको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर स्वागत गरेको हो।

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ ।

कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास पनि नेपालले व्यक्त गरेको छ।