वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगको विषयमा ढिलो गरेकोमा संसदको तल्लो सदन प्रतिनिधि सभाकी अध्यक्ष नेन्सी पेलोसीमाथि फेरी एक पटक हमला बोलेका छन् ।
ट्रम्पले नेन्सी पेलोसीले महाअभियोगका लागि उनीमाथि लगाएको आरोपलाई सिनेटमा पठाउनका लागि ढिलो गरेको आरोप लगाएका छन् । सिनेटमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । यसैले सुनुवाईमा ढिला हुने आशंका व्यक्त गरिएको छ ।
टर्निङ पोइन्ट यूएसएको तर्फबाट आयोजना गरिएको एक कार्यक्रमको समयमा ट्रम्पले भने, “यो उचित होइन । पेलोसी र उनको पार्टि संविधानको उल्लंघन गरिरहेका छन् । पेलोसीले अहिलेसम्म महाभियोगकामै आरोप सम्बनि्धत जानकारी सिनेटमा पठाएकि छैनन । यसको उद्देश्य यो हुन सक्छ कि सिनेटमा डेमोक्याटिक पार्टीलाई आफ्नो पक्ष मजबुत गर्ने समय मिल्न सकोस् ।”
ट्रम्प बिरुद्धको महाभियोगको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भइसकेको छ र यसलाई सिनेटमा पठाइदै छ । महाअभियोगको सामना गर्ने ट्रम्प अमेरिकी इतिहासका तेस्रो राष्ट्रपति हुन् । ट्रम्पमाथि उनले युक्रेनका राष्ट्रपतमिाथि अमेरिकका पूर्व उप राष्ट्रपति जो बिडेन र उनका छोराको बिरुद्धमा भ्रष्टाचारको एक घटनाको विषयमा जाँच सुरु गर्न दबाब दिएको आरोप लागेको थियो । बिडेन २०२० को राष्ट्रपति चुनावमा ट्रम्पको सम्भावित प्रतिद्वन्द्वी हुन् ।
प्रतिक्रिया