वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ५२ इरानी क्षेत्रलाई निशाना बनाउने चेतावनी दिएका छन् । ट्रम्पले यदी इरानले कुनै अमेरिकी नागरिक वा सम्पत्तिमा हमला ग¥यो भने उसमाथि तीव्र रुपमा हमला गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पको यो बयान इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि आएको हो । शुक्रबार अमेरिकाको एक हवाई हमलामा कमाण्डर सुलेमानीको मृत्यू भएको थियो । यो घटनापछि इरानले सही समय र सही स्थानमा यसको बदला लिने बताएको थियो ।
जनरलको मृत्यूपछि इरान अमेरिकी सम्पत्तिको निशाना बनाउने विषयमा ठूलै साहसका साथ बोलीरहेको ट्रम्पले ट्वीटमार्फत बताएका छन् । अमेरिकाले यस किसिमका ५२ इरानी क्षेत्रलाई पहिचान गरेको छ जुन अत्यन्त महत्वपूर्ण छ र उसको संस्कृतीका लागि पनि महत्वपूर्ण रहेको ट्रम्पले बताएका छन् ।
“इरानका उक्त क्षेत्रहरु निशानमा छन् र यदी इरानले अमेरिकामाथि हमला ग¥यो भने बहुत तीव्र तथा मजबुत रुपमा हमला गरिनेछ,”उनले बताए । अमेरिका थप धम्की नचाहने ट्रम्पले बताए । इराकको बगदाद एयरपोर्ट बाहिर शुक्रबार इरानको सैन्य कमाण्डर जनरल कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका थिए ।
सुलेमानी बुहचर्चित कुर्दस फोर्सका प्रमुख थिए । यो फोर्सले इरानद्वारा विदेशमा गरिने सैन्य अभियानको गतिविधिको सञ्चालन गर्दै आएको थियो । सुलेमानी एक जासुसी अधिकारी तथा सैन्य अधिकारीको रुपमा इरानका लाग अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
प्रतिक्रिया