शपथ अघि नै ट्रम्पविरुद्ध जेल वा जरिवानाको फैसला हुनसक्ने !

शपथ अघि नै ट्रम्पविरुद्ध जेल वा जरिवानाको फैसला हुनसक्ने !


काठमाण्डु- अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पदभार ग्रहण गर्नुअघि जेल जान सक्ने वा जरिवाना तिर्नु पर्ने भएको छ ।

‘हस मनी’ प्रकरणमा दोषी ठहर गरिएका ट्रम्पविरुद्ध फैसला १० जनवरीमा आउन सक्ने न्युयोर्कका एक न्यायाधीशको भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ ।

राष्ट्रपति ट्रम्पको मुद्दामा उनी पदभार ग्रहण गर्नुअघि सजाय के हुने भन्ने निश्चित छैन । तर, जेल या जरिवाना मध्ये एउटा हुन सक्ने समाचारमा जनाइएको छ ।

केही व्यावसायिक गलत रेकर्ड तथा वयस्क फिल्म स्टार स्टोर्मी डानियल्सलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको फेला परेको विषयमा उनीविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

तर, ट्रम्पले यी सबै आरोपलाई गलत भन्दै २०२४ को राष्ट्रपति उम्मेदवार अभियानलाई प्रभावित पार्न यी कदम चालिएको दाबी गर्दै आएका थिए । न्यायाधीश जुआन एम मर्चनले ट्रम्पको सजायको तथाकथित बिना शर्त मुक्तिको पक्षमा थिए । उनले जनवरी १० को सजायको मिति तय गरेका छन् ।

न्यायाधीशले यो घोषणा गरे पनि ट्रम्पको टिमले यसको आलोचना गर्दै आएको छ । ट्रम्पले यसलाई गैर न्यायिक भन्दै मुद्दा सल्टयाउन खाजेका थिए ।