अमेरिकाले ५ लाख बढी आप्रवासीलाई निकाल्ने

अमेरिकाले ५ लाख बढी आप्रवासीलाई निकाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिककाले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका अप्रावासीको अस्थायी कानुनी स्थिति रद्द गर्दै देश निकाला गर्ने बताएको छ ।

संघीय सरकारले जारी गरेको सूचना अनुसार कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ ।

बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो ।

यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो । तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन् ।
यद्यपि यो अवधिमा यीमध्ये कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन ।

यो कार्यक्रम पूर्वराष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए । पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, तर पछि अन्य धेरै देश यसमा सामेल भए ।