काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘टिकटक’ किन्ने प्रयास गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सर्ट भिडियो एप टिकटक चिनियाँ कम्पनी हो । ट्रम्पले यसलाई किन्ने प्रयास थालेका हुन् ।
टिकटक किन्न ट्रम्पले चीनसमक्ष एउटा प्रस्ताव पनि गरेका छन् । यदि चीनले टिकटकका विषयमा डिल गर्न सहयोग गरे अमेरिकाले चिनियाँ उत्पादनमाथि लगाएको कर कम गरिने प्रस्थाव ट्रम्पको छ ।
यसअघि जो बाइडेनको कार्यकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, ट्रम्प राष्ट्रपति भएसँगै टिकटकमाथि लगाइएको प्रतिबन्ध ७५ दिनका लागि हटाइएको थियो ।
त्यसरी प्रतिबन्ध हटाउँदा अमेरिकाले टिकटकले कुनै अमेरिकी कम्पनीलाई आफ्नो व्यापार गर्नुपर्ने सर्त राखेको थियो । अमेरिकाले दिएको उक्त समयसीमा ५ अप्रिलमा समाप्त हुँदैछ ।
तर, ट्रम्पको यो प्रस्तावमा चीन या टिकटकले भने चासो देखाएको छैन । ट्रम्पले भनेका छन् ‘टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने समयसीमा बढाउन तयार छौँ । यो विषयमा चीनले पनि आफ्नो धारणा राख्नुपर्छ ।’
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अप्रिल ५ सम्म टिकटकको विषयमा सहमति हुन सक्ने अपेक्षा राखेका छन् ।
यद्यपि, यसबारेमा पनि टिकटकले कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले टिकटक किन्नका लागि गैर चिनियाँ क्रेता खोज्न ५ अप्रिलसम्मको समय दिएका छन् ।
ट्रम्पले टिकटको कम्तिमा ५० प्रतिशत स्वामित्व अमेरिकी कम्पनीसँग होस् भन्ने चाहेका छन् ।
प्रतिक्रिया