काठमाडाैं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र द न्युयाेर्क टाइम्स वीच सतहमै अाउने गरी एक अर्कामा अालाेचनामा उत्रेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पत्रकारमाथिको नजर त्यति राम्रो छैन, यो बेलाबेलामा आइरहने उनका अभिव्यक्तिले पुष्टि गरेको कुरा हो । ट्रम्पले धेरै मिडियालाई फेक न्युज भन्दै आलोचना गर्ने गरेका छन् ।
यसले अमेरिकी सञ्चार माध्यम र ट्रम्पबिच एक किसिमको विवाद सिर्जना गर्दै आएको छ । केही समयअघि अधिकांश पत्रिकाले ट्रम्पले पत्रकारिता र पत्रकारमाथि गर्ने गरेको व्यवहारको आलोचनामा सम्पादकीय लेखेका थिए ।
अहिले आएर फेरि सम्पादकीयकै कारण राष्ट्रपति ट्रम्पले फेरि मिडियाको आलोचना गरेका छन् । अमेरिकी पत्रिकार द न्युयोर्क टाइम्सले राष्ट्रपति कार्यालयका उच्च अधिकारीलाई उद्धृत गर्दै ह्वाइट हाउसका कर्मचारीहरुले ट्रम्पको खराब प्रवृत्तिबाट देशलाई जोगाउनका लागि काम गरिरहेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ ।
राष्ट्रपति ट्रम्पले नीतिभ्रष्टता र आवेग वा हतारोका कारण खराब निर्णयहरु हुने गरेको द न्युयोर्क टाइम्सले नाम नखुलाईएका ह्वाइटहाउसका उच्च अधिकारीलाई उद्धृत गर्दै सम्पादकीयमा लेखेको छ। ट्रम्पले भने सम्पादकीयलाई आँट बिहीन र पत्रिकालाई झुठ भनेका छन् । ट्रम्पकी प्रवक्ताले लेखक डरपोक रहेको बताएकी छन् ।
न्युयोर्क टाइम्सले भने एक वक्तव्य जारी गरेर संपादकीयको बचाउ गरेको छ । ट्रम्प प्रशासनभित्र के भइरहेको छ भन्ने जान्न पाउनु सर्वसाधारणको हक रहेको र आफूहरुले त्यहि काम गरेको न्युयोर्क टाइम्सले वक्तव्यमा भनेको छ ।
प्रतिक्रिया