एजेन्सी – अमेरिकी अदालतले पेन्टागनको जेडी प्रोजेक्टमा अस्थायी रुपमा रोक लगाएको छ । यसपछि पाँच मिनेट भित्रै माइक्रोसफ्टको सेयरमा कुल १७ अर्ब डलरले गिरावट आएको छ ।
यो गिरावट अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र अमेजनका सीईओ जेफ बेजोसबीचको लडाइका कारण भएको हो । पेन्टागनको जेडी प्रोजेक्टको ठेक्का अमेजनलाई उपलव्ध हुने अपेक्षा गरिदै आएको थियो । तर, योे माइक्रोसफ्टलाई दिइएको थियो ।
ट्रम्पले बेजोसलाई मन नपराउने र यसैका कारण उक्त ठेक्का उपलव्ध नगराइएको दावी गरिदै आएको छ । संघीय अदालतका न्यायधीशले यो विषयमा सुनुवाई गर्दै प्रोजेक्टमा अस्थायी रोक लगाएका छन् । जेडी कार्यक्रम अन्तर्गत सेनाको सबै शाखाका लागि एक क्लाउड-आधारित सिस्टम बनाइने छ ।
जुन आर्टिफिसियल इन्टेलिजन्समा आधारित हुने छ । पहिले पनि सीआईए जस्तो एजेन्सीलाई पनि सर्भर उपलव्ध गराइसकेकाले उक्त ठेक्का आफुलाई उपलव्ध हुने अपेक्षा अमेजनको रहेको थियो । क्लाउड कम्प्यूटिङको मामिलामा अमेजन वेब सर्भिसेस विश्वका शीर्ष कम्पनीमा समावेश छ ।
तर अमेजनले राष्ट्रपति ट्रम्प बेजोससँग पूर्वाग्रह राख्ने र यसै कारणले उनलाई ठेक्काबाट बाहिर राखिएको आरोप लगाएको छ । यसै कारण अमेजनले अदालतको ढोका ढकढकाएको हो ।
प्रतिक्रिया