ट्रम्पले अझै ४ वर्ष शासन चलाएको हेर्न चाहान्छौं : चीन

ट्रम्पले अझै ४ वर्ष शासन चलाएको हेर्न चाहान्छौं : चीन


बेइजिङ – चीनका एक वरिष्ठ व्यापार अधिकारीले आफ्नो मुलुकले ट्रम्प अझै ४ वर्ष ह्वाइट हाउसमा भएको हेर्न चाहेको बताएका छन् । उनको व्यक्तित्व र ट्वीटले व्यापारको मोलमलाईमा उनलाई बुझ्नका लागि सजिजो हुने भएकाले आफूले यस्तो चाहेको विदेश व्यापारका पूर्व उपमन्त्री लङ योङटुले बताएका हुन् ।

‘हामी चाहन्छौ, ट्रम्प पुनः निर्वाचित होउन । हामी यो भएको हेर्न पाउदा खुसी हुनेछौ,’ उनलाई उद्र्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । एक अवसरमा लङले व्यापार युद्धको बारेमा छलफल गरेका थिए । ट्रम्पको दैनिक ट्वीटले चीनलाई उनको बिचार बारेमा बुझ्न र अगाडीको वार्ताका लागि तयारी गर्न सहज हुने उनले बताए ।

‘ट्रम्पले साधनको चासोको विषयमा कुरा गरेका छन्, राजनीतिको बारेमा होइन,’ उनको भनाई थियो । यस किसिमका विपक्षि वार्ताका लागि उत्तम छनौट भएको पनि उनले बताए । गत साता मात्रै चीनले अमेरिकासँगको व्यापार युद्धको शुल्क फिर्ता लिने योजना भएको बताएको थियो । ट्रम्पले पछि शुल्क फिर्ता लिने सम्झौता भएको विषय अस्वीकार गरेका थिए ।

लङ चीनलाई २००१ मा विश्व व्यापार संगठनमा लैजान जिम्मेवार व्यक्तिको रुपमा चिनिदै आएका छन् । उनले विगतमा व्यापार युद्धमा चीनको गतिविधिको बारेमा आलोचना गर्दै आएका थिए । बेइजिङले गहन रुपमा नसोचेको उनले बताएका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनसँग अमेरिकाको व्यपार द्वन्द्व ट्रम्पको विश्वव्यापी संरक्षणवादी रणनीतिको अंश मात्रै भएको लङले बताएका छन् ।