अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प सहभागी र्‍यालीमा गोली चल्यो

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प सहभागी र्‍यालीमा गोली चल्यो

गोली प्रहार गर्ने व्यक्ति मारिएको दाबी


काठमाण्डु-अमेरिकका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प सहभागी एउटा चुनावी र्‍यालीमा गोली चलेको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला गोली चलेको हो ।

अधिकारीहरूले गोली रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवाार ट्रम्पलाई नै लक्षित गरेको चलाइएको हो । यद्यपी उनी सुरक्षित छन् भने उनको कान र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन् ।

सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएका छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ट्रम्पका प्रवक्ताले उनी सकुशल रहेको बताएका छन् ।

गोली कसले प्रहार गरेको थाहा भएको छैन र अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन ।

गोली प्रहारको बारेमा विभिन्न अड्कलबाजीहरू सुरू भएका छन् । ट्रम्प समर्थित रिपब्लिकनहरूले यो घटनाका लागि डेमोक्रेटिक पार्टी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, ट्रम्प विरोधीहरूले भने यो चुनावी हत्कण्डा भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनलाई घटनाका बारेमा जानकारी दिइएको छ । तर अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको अधिकारीहरूले बताएका छन् । सिक्रेट सर्भिसका अधिकारीहरूले मारिने व्यक्तिको परिचय सार्वजनिक गरेका छैन ।

अमेरिकी सञ्चार माध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै गोली प्रहार गर्ने व्यक्ति चुनावी सभामा सहभागी नभएको र नजिकैको घरको छानामा भएको जनाएका छन् ।

तर, घटनामा दुईजना मारिएको सिक्रेट सर्भिसले पुष्टी गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरेहको सिक्रेट सर्भिसले जनाएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न देशका नेताहरूले चासो र चिन्ता व्यक्त गरेका छन् ।