वासिङटन – नयाँ वर्षको पहिलो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् ।
इराकको बग्दादस्थित अमेरिकी दुतावास बाहिर इरानका हजारौ समर्थकले प्रदर्शन गरिरहेका छन् । यस क्रियाकलापमा दूतावसमा ढुंगा फ्याकिएको छ र पर्खालमाथि चढ्ने प्रयास गरिएको छ । यसैबीच डोनाल्ड ट्रम्पले इरानमाथि धम्की दिँदै भनेका छन्, “यदी अमेरिकी दूतावसका कुनै पनि सदस्यलाई केही भयो भने इरानले ठूलोे मूल्य चुकाउनु पर्नेछ ।”
डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “इराकमा अमेरिकी दूतावास अझै सुरक्षित छ । हाम्रा कैयौं लडाकु जवान उत्कृष्ट प्रविधिका साथ त्यहाँ बस्दै आएका छन् । म इराकका राष्ट्रपति, प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । किनकी उनीहरुले तुरुन्त कदम उठाएका छन् ।”
डोनाल्ड ट्रम्पले लेखेका छन्,“यसबीच कुनै पनि अमेरिकी दूतावासका सदस्यलाई चोटपटक लाग्यो वा केही भयो भने ठूलै मूल्य चुकाउनु पर्नेछ । यसलाई चेतावनी होइन धम्की सम्झनु । ह्याप्पी न्यू इयर ।”
अमेरिकाले हालै मात्र एक हवाई हमलामा इरान समर्थित एक गुटमाथि आक्रमण गरेको थियो । जसमा २५को मृत्यू भएको थियो । यो गुटको अमेरिकी ठेकेदारको मृत्यू पछाडि हात रहेको आरोप अमेरिकाले लगाएको छ ।
सोमबार सुरु भएको इरानी मसर्थकको प्रदर्शन हाल सम्म पनि चलिरहेको छ । अमेरिकी दूतावस बाहिर प्रदर्शनकारीले पाल टागेर बसेका छन् । सोमबार प्रदर्शनकारीको सुरक्षाबलसँग झडप भएको थियो । प्रहरीले अश्रु ग्यास छोडेको थियो । अमेरिका र इरानबीच विगतका केही समयदेखि सम्बनधमा लगातार तिक्तता आइरहेको छ ।
प्रतिक्रिया