एजेन्सी – अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ। गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन।
कुनै ठोस सहमति हुन्छ कि भनेर सबैले उत्सुकतापूर्क हेरिरहेका छन्। वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए,हतार छैन। हामी उचित सम्झौता गर्न चाहन्छौँ। किमले चाहिँ आफूलाई राम्रो परिणामू आउने लागेको बताएका थिए।
दुई नेताहरूले कसरी कोरियाली प्रायस्द्वीपबाट परमाणुअस्त्र हटाउने भनेर एउटा मार्गचित्रबारे छलफल गर्ने अपेक्षा गरिएको छ। उनीहरूले कोरियाली युद्ध समाप्त भएको घोषणा गर्ने वा दुई देशमा सम्पर्ककार्यालय स्थापनाको घोषणा गर्ने सम्भावना पनि रहेको छ।
कटु टिप्पणीहरू गर्ने दुई नेताहरूबीच जुनमा सिङ्गापुरमा अभूतपूर्व भेटघाट भएको थियो। त्यहाँ उनीहरूबीच केही सहमति भएको भनिए पनि त्यो अमूर्त छ। अहिले दुई जनालाई नै वार्ताबाट उल्लेख्य प्रगति भएको सङ्केत दिनुपर्ने दबाव छ। आफूविरुद्ध लागेको आर्थिक नाकाबन्दी हटाउन उत्तर कोरियाले पहिला निस्शर्त परमाणुअस्त्र परित्याग गर्नुपर्ने धारणा वाशिङ्टनको थियो। तर उत्तर कोरिया त्यसमा सहमत छैन।
किमसँगको वार्ताअघि ट्रम्पले पहिलो वार्ताको प्रगतिबारे व्यक्त भएका निराशातिर सङ्केत गर्दै भने, मैले पहिलादेखि नै भन्दै आएको छु कि गति मेरा लागि त्यति महत्त्वपूर्ण छैन। पारमाणविक रकेट, क्षेप्यास्त्र आदिको परीक्षण नगरे म त्यसको प्रशंसा गर्छु। किमप्रति आफ्नो ठूलो सम्मानू रहेको र आफूहरूबीच रहेको सम्बन्ध धेरै बलियोू रहेको उनले बताएका छन्।
के भने किम र ट्रम्पले?
वार्ताको सम्भावित परिणामबारे एक विदेशी पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै किमले भने, अहिले नै भन्न चाँडो हुन्छ तर मलाई भित्रदेखि नै राम्रो परिणाम आउँछ भन्ने लागेको छ। तर उनले परमाणुपरित्यागूका लागि आफू तयार नभएको भए अहिले म यहाँ हुन्नथेूँ भन्ने प्रतिक्रिया दिए।तीस मिनेटजति वार्ता भएपछि उनीहरू केही समय विश्राम लिएर हिँड्न बाहिर निस्किएका थिए।
किमको उत्तर आउनासाथ ट्रम्पले भने, यो तपाईँहरूले सुन्नुभएको सम्भवतस् सबैभन्दा राम्रो उत्तर हो।किमले यसरी विदेशी पत्रकारले सोधेको प्रश्नको उत्तर दिए विश्लेषकहरूका अनुसार किमले केलाई परमाणु परित्यागू भनेका हुन् त्यो चाहिँ स्पष्ट छैन।
किमले ट्रम्प र आफूलाई सँगसँगै देख्दा मानिसहरूलाई चलचित्र हेरिरहेकोजस्तो लाग्ने बताए। के उत्तर कोरियाले प्योङ्याङमा अमेरिकालाई आफ्नो सम्पर्क कार्यालय खोल्न अनुमति दिन्छ भन्ने प्रश्नमा आफू सकारात्मक भएको उत्तर दिए।
ट्रम्पले पनि त्यसमा प्रतिक्रिया दिँदै दुईतर्फ नै त्यसो हुन सक्ने सङ्केत दिए। दुई देशबीच सम्वादका लागि कुनै सोझो बाटो छैन। सम्पर्ककार्यालयको स्थापना सम्बन्ध सुधारको पहिलो पाइला हुन सक्छ।
युद्ध हुने धम्की दिँदै आएका दुई नेताहरू सन् २०१७ को अन्तिमतिर एकअर्काको आलोचना गरेका थिए। उत्तर कोरियाले गर्दै आएको अस्त्रपरीक्षणप्रति कटाक्ष गर्दै ट्रम्पले किमलाई रकेट पुरुष भनेका थिए भने किमले ट्र्म्पलाई मानसिक स्थिति बिग्रिएको बूढोू भनेका थिए।बीबीसी नेपाली
प्रतिक्रिया