ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति

ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति


एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका छन् ।
भेटका क्रममा दुई नेताले हात मिलाएपछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् ।

ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमितर्फ हिँडेर गएका थिए । यो सँगै ट्रम्प उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

उत्तर कोरियाली भूमि टेकेपछि ट्रम्प पुनः दक्षिण कोरिया फर्किएका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पर्खिरहेका थिए । ट्रम्पले यस भेटअघि शनिवार अकस्मात ट्वीट गर्दै किमलाई उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना छुट्टाउने भागमा भेट्ने प्रस्ताव राखेका थिए ।