मैले उत्तर कोरियाली भूमिमा पाइला टेक्दा कोरियाली नागरिकका आँखा रसाए : ट्रम्प

मैले उत्तर कोरियाली भूमिमा पाइला टेक्दा कोरियाली नागरिकका आँखा रसाए : ट्रम्प


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियामा पाइला टेक्दा कोरियाली नागरिकका आखाँ आँसुले भरिएको बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटपछि ओसान एअर बेसमा अमेरिकी सैनिकसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मैले उत्तर कोरियाली भूमिमा पाइला टेकेँ, उनीहरु यसलाई ऐतिहासिक क्षण मान्दछन् । थुप्रै कोरियाली नागरिकको आँखा आँसुले भरिएको मैले देखेँ ।’ राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउसमा आउन निमन्त्रणा गर्ने योजनामा रहेको सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाको गैरसैन्य क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गरेका थिए । योसँगै डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ट्रम्प किमसँग भेटेसँगै आइतबार अमेरिका फर्किएका छन् ।