काठमाडौं – अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले राजीनामा दिएको पुष्टि गरेका छन् । निलसनको ठाउँमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेननलाई नियुक्त गरिएको बीबीसीले जनाएको छ ।
निलसनले राजीनामा दिनुको कारण नखुलेपनि उनको राष्ट्रपति ट्रम्पसँग खराब सम्बन्धका कारण पद त्याग गरेको बताइएको छ ।
निलसनले कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । राष्ट्रपति ट्रम्पले समेत निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको ट्वीटमार्फत जानकारी दिएका छन् । उनले निलसनको उत्कृष्ट सेवाको लागि धन्यवाद समेत दिएका छन् ।
निलसनले ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गर्दै आएकी थिईन् । तर, राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाको भ्रमण गरेको केही दिनमै निलसनको राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया