ट्रम्पको एसिया भ्रमण : विश्व नेताको छवी यसरी गुमाए

ट्रम्पको एसिया भ्रमण : विश्व नेताको छवी यसरी गुमाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा सी जिनपिङले ट्रम्पको प्रशंसा गरेनन् । यहां सबै उल्टो भइरहेको थियो । ट्रम्पले सीलाई एक विशेष महत्वपूर्ण व्यक्ति भएको बताए र उनले चिनियाँ राष्ट्रपतिसित भने कि मानिसले उनीमाथि गर्व गर्नेछन् ।

 

 

 

सबैभन्दा पहिले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई उडाए र केही घन्टापछि नै उनले भने कि भविष्यमा उनी राम्रा मित्र बन्न सक्ने बताए । ट्रम्पको एसिया भ्रमणका क्रममा यस्ता केही विरोधाभास देखिए ।

 

 

 

 

ट्रम्प एसियाका पाँच देशको भ्रमणमा छन् र कूटनीतिक पर्यवेक्षकहरू अमेरिकी राष्ट्रपतिको रबैया बुझ्ने कोसिसमा अल्झिरहेका छन् । ट्रम्प अहिले आसियान बैठकका लागि फिलिपिन्समा छन् र एसिया भ्रमणबाट ट्रम्प अब छिटै घर फर्किनेछन् ।

 

 

यस क्षेत्रमा कैयौं यस्ता मानिस पनि हुन सक्छन, जसलाई ट्रम्पको भ्रमणबाट ठूलो फाइदा हुने विश्वास हुन सक्छ तर यो जरुरी छैन कि अमेरिकालाई पनि यस भ्रमणबाट केही फाइदा होस् । यसमा कुनै शंका छैन कि ट्रम्प जहाजहँ पुगे, त्यहा उनको स्वागत कुनै राजाको जस्तो भयो ।

 

 

 

पक्कै पनि ट्रम्पलाई आफनो प्रशंसा राम्रो लाग्छ । विशेषगरी घरेलु मोर्चामा भइरहेको आलोचनाका बीचमा कुनै विदेशी भूमिमा ट्रम्पको शाही स्वागत गरियो भने उनी विनम्र पाहुनाका रूपमा प्रस्तुत हुनु स्वाभाविक हो । मानवअधिकार तथा लोकतन्त्रजस्ता असहज बनाउने मुद्दालाई ट्रम्पले किनारा लगाइसकेका छन् ।

 

 

जब उत्तर कोरियाले राष्ट्रपति ट्रम्पको पटक–पटक खिल्ली उडाउने काम र्गयो, तब ट्रम्पले पनि जवाफमा किम जोङ उङलाई ‘डल्ले मोटे’ भने । यस्तो लाग्दै थियो कि ट्रम्प एसियाका जुन–जुन देशको भ्रमणमा रहे, त्यहाका नेताहरूले निकै सादापन तथा असल मनसायबाट उनको अतिथि सत्कार गरे ।

 

 

 

तर, कही न कही यसको महसुस पनि भइरहेको थियो कि उनीहरू ट्रम्पको भ्रमणका लागि तयार थिए । उनीहरू आफनो कुनै पनि व्यवहारबाट ट्रम्प नभड्किऊन् भन्नेबारे पहिल्यैदेखि सचेत थिए । उनीहरूले आफनो आतिथ्य तथा प्रशंसाभावको हतियारबाट ट्रम्पलाई निहत्था बनाउने विषयमा पर्याप्त पूर्वतयारी गरेका थिए सायद ।

 

 

जापानी प्रधानमन्त्री सिन्जो आबेले भनेका छन् कि गल्फ खेल्नका लागि ट्रम्प उनका प्रिय साथी हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पसित भने कि उनले अमेरिकालाई पहिलेभन्दा पनि महान् बनाइरहेका छन् । यहासम्म कि सिउलको नेसनल एसेम्बलीमा मुनले ट्रम्पलाई विश्वनेता भनेर परिचय गराए ।

 

 

 

हनाईमा स्वागत समारोहपछि ट्रम्प भियतनामका राष्ट्रपतिको छेउमा उभिए । तर, उनले अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, कार्यकर्ता तथा ब्लगरहरूको गिरफतारीमाथि केही पनि भनेनन् । बेइजिङमा उनी राष्ट्रपति सी जिनपिङको साथ उभिएर उनले आलोचनामा एक शब्द पनि बोलेनन् ।

यद्यपि चीनको भ्रमण ट्रम्पका लागि थोरै अलग पक्कै रह्यो । चीनमा सी जिनपिङले ट्रम्पको प्रशंसा गरिरहेका थिएनन् । जब कि यहाँ यसको ठीक उल्टो भइरहेको थियो । ट्रम्पले आफ्नी नातिनीको एक भिडियो जारी गरे, जसमा उनी चिनियाँ भाषामा मन्डारिन गाइरहेकी थिइन् ।

 

 

 

ट्रम्पले सीलाई एक विशेष महत्वपूर्ण व्यक्ति भएको बताए र उनले चिनियाँ राष्ट्रपतिसित भने कि मानिसहरूले उनीमाथि गर्व गर्नेछन् । ट्रम्पले चीनबाट आफ्नो प्रशंसाको बदला केही पनि पाएनन् । बेइजिङमा उनलाई विश्व नेताको सम्बोधन गर्ने कुनै अवसर पनि थिएन ।

 

 

एपेक समिटमा उनले चीनको नाम नलिईकनै व्यापारको गलत तौरतरिका अपनाउने देशहरूको आलोचना गरे र अमेरिकाले यसबाट कुनै फाइदा नउठाउने दाबी गरे । उनको भाषण जबर्जस्त थियो । यस्तो भाषण, जसलाई उनी घरेलु मोर्चामा आफनो ‘अमेरिका फस्र्ट’ को नीतिअन्तर्गत पेस गर्न सकून् । तर, ट्रम्पको भाषणपछिको परिदृश्य रोचक रह्यो । यही एपेक सम्मेलनमा ट्रम्पपछि राष्ट्रपति सी जिनपिङको बोल्ने पालो थियो । सीले प्रविधि, जलवायु परिवर्तन, खोज, अनुसन्धानको भविष्य जस्ता मुद्दाको चर्चा गरे । विगतमा बहसको मुद्दा अमेरिकी राष्ट्रपतिको अपेक्षाअनुसार तय हुने गथ्र्यो ।

 

 

 

जानकारहरूका अनुसार ट्रम्पको बुझाइमा चीनको साथ अल्झिनुको परिणाम खराब हुन सक्छ । तर, पछिल्ला दिनमा नेताहरूको अनुहारमा जुन हासो देखिदै छ, यसको पछाडि तगडा सौदाबाजी चलिरहेको छ । यसको अनुमान पनि यसबाट लगाउन सकिन्छ कि ट्रम्पले साउथ चाइना सीको मुद्दामाथि मध्यस्थताको प्रस्ताव गरेका छन् ।

 

यद्यपि साउथ चाइना सीको मुद्दामा अमेरिकाले अहिलेसम्म कुनै ‘स्ट्यान्ड’ लिएको छैन । तर, ऊ विनाकुनै रोकावट आउनेजाने अधिकारको समर्थन गर्छ र यही विषयले चीनलाई हैरान बनाउछ । रणनीतिक रूपमा अमेरिका यो कहिल्यै चाहदैन कि चीनले यस इलाकालाई आफ्नो सैन्य शक्तिको आडमा प्रभावित गरोस् ।

बिबिसी हिन्दी डट कमबाट